 
                     
                                
                             
                                    काठमाण्डौ । आज शुक्रबार अमेरिकी डलर र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ भने युरोको घटेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज ५२ पैसाले बढेको छ। योसँगै आज प्रतिडलर खरिददर ११७.९४ रुपैयाँ र बिक्रीदर ११८.५४ रुपैयाँ कायम भएको छ।
डलरको भाउ हिजो बिहीबार २ पैसाले घटेको थियो। हिजो प्रतिडलर खरिददर ११७.४२ रुपैयाँ र बिक्रीदर ११८.०२ रुपैयाँ कायम भएको थियो।
युरोको भाउमा आइरहेको गिरावटले शुक्रबार पनि निरन्तरता पाएको छ। आज पनि युरोको भाउ २० पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३७.३५ रुपैयाँ र बिक्रीदर १३८.०५ रुपैयाँ कायम भएको छ।
हिजो पनि युरोको भाउ २८ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतियुरो खरिददर १३७.५५ रुपैयाँ र बिक्रीदर १३८.२५ रुपैयाँ कायम भएको थियो।
पाउन्ड स्टेर्लिङमा लगातार आइरहेको गिरावटमा भने आज ब्रेक लागेको छ। आज पाउन्ड स्टेर्लिङको भाउ ९७ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.५० रुपैयाँ र बिक्रीदर १५१.२७ रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पाउन्ड स्टेर्लिङको भाउ ७४ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १४९.५३ रुपैयाँ र बिक्रीदर १५०.३० रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको दर यस्तो छ–

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19