काठमाण्डौं । आइतबार २५ अंकले घटेको सेयर बजार सोमबार १२.५८ अंकले गिरावट आयो । आज दिनभरको कारोबारमा सम्हालिन खोजेको बजार अन्तमा घटेर नै बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बिक्री दवाब नै रहेको देखिन्छ । 

आज बजार यो साताको पिभट् प्वाइन्टको दोस्रो सपोर्टबाट पनि तल झरेको छ । त्यसपछिको तेस्रो सपोर्ट भनेको १८९० मा रहेको छ । 

बजारलाई डाउ थेउरीमार्फत हेर्दा नयाँ लोवर लो बनाउँदै खसेको छ । यो साता  बोलिङ्गर ब्यान्डको तल्लो ब्यान्डमा बजार पुगेको छ । अपर ब्यान्ड र लोवर ब्यान्डबाटको दुरी बढेको छ । 

पछिल्लोपटकको न्यून विन्दु १८ सयबाट फिवोनासी तानेर बजारलाई हेर्दा ०.६१ प्रतिशतबाट बजार तल खसिसकेको छ । अब बजारले ०.७८ प्रतिशत भनेको १८९० आसपास नै देखिन्छ। 

डेली बेस्डमा बजारलाई आरएसआईबाट हेर्दा हाल ३५ को तहमा रहेको देखिन्छ । यस्तो विन्दु बजार घट्दा ओभरसोल्ड जोन ३० भन्दा तल पनि आउनसक्ने देखिन्छ । 

म्याक्डीमा पनि बजार केही दिन अगाडि वियरिस क्रसओभर बनेको छ । सुपर ट्रेन्डले पनि बजार वियरिस नै देखिन्छ । 

बजारलाई इन्डिकेटर र प्राइस एक्सन सबैतर्फबाट हेर्दा बजार कमजोर अवस्थामा रहेको देखिन्छ । 

बजार सधैं घटेको घट्यै र बढेको बढ्यै पनि नगर्ने भएकोले केही समयदेखि घटेको बजारले कुनै पनि समयमा पुनः माथिको यात्रा तय गर्नसक्छ । त्यो भनेको आरएसआईको ओभरसोल्ड जोन ३० भन्दा तल एकपटक आएपछि सेयर बजारले यूर्टन लिएमा कुनै आश्चर्य हुने छैन ।