काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको शुक्रबार (असोज १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९.०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख १८ हजार ८०५.४९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ८.६० प्रतिशतले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५.२२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशतले हुन आउने ३९ लाख ३५ हजार ९४०.२७ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।