काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको असोज १३ गते बसेको  ७३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बोनस सेयर  र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीले २ करोड ८७ लाख  ९६ हजार रुपैयाँ बराबरको बोनस सेयर र सोही बराबरको नगद लाभांश वितरण गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ६० करोड ४७ लाख बढीको उचाईमा पुग्नेछ । 

गत वर्ष यो कम्पनीले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।