oversubscribed
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले निश्कासन गरेको करिब ३ करोड मूल्य बराबरको आइपीओमा दोश्रो दिन नै २८ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।
कतिपय कम्पनीहरुले जारी गरेका आइपीओ तथा एफपीओ नबिकेर बिजोग भइरहेको बेला आरम्भ माइक्रोफाइनान्सको आइपीओमा भने थामिनसक्नुु भीड देखिएको हो ।
आरम्भ माइक्रोफाइनान्सले फागुन १५ गतेदेखि निश्कासन गरेको २ करोड ९४ लाख मूल्यको २ लाख ९४ हजार कित्ता आइपीओमा दोश्रो दिनसम्म ४४ हजार ३ सय ९३ आवेदकले २८ करोडको हाराहारीमा प्रस्ताव पेश गरेका हुन् ।
पहिलो दिनमै यो कम्पनीको आइपीओमा मागभन्दा तीनगुणा बढी आवेदन परेको थियो । पहिलो दिन देशभरबाट १६ हजार २ सय ४३ जनाले १० करोड २० लाख भन्दा बढीको आवेदन दिएकामा दोश्रो दिन आवेदनको संख्या निकै बढेको हो ।
आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका एक अधिकारीका अनुसार कम्पनीको आइपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने भएकाले अन्तिम दिनसम्म अचाक्ली आवेदन पर्ने देखिएको छ ।
काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।
एकसय रुपैयाँ दरका कुल निश्कासन हुने कित्तामध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागि र बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । तर, धितोपत्र बोर्डले सार्वजनिक निश्कासनको बाँडफाँडमा प्रति आवेदक १० कित्ता अनिवार्य गरेपछि हौसिएर धेरै आवेदन गर्नु आवश्यक छैन ।
यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ ।
यो कम्पनीको हालको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी ६ करोड रुपैयाँको उचाईमा पुुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago