काठमाण्डौ । नुवाकोटको मदनपुरमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त बित्तीय संस्थाले निकट भविष्यमै तीन करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख कित्ता आइपीओ सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो । 

आइपीओका लागि कम्पनीले प्रभूू क्यापिटल लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

सो सम्बन्धी सम्झौतामा आशा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा प्रभु क्यापिटलका तर्फबाट महाप्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरे ।

कम्पनीको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । उसले यसको ३० प्रतिशतको दरले हुन आउने ३ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आइपीओपछि कम्पनीको चुक्तापूँजी बढेर १० करोडको उचाईमा पुुग्नेछ, हाल यसको चुक्तापूँजी ७ करोडमा सीमित छ ।