काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ।
निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो। यसअनुसार परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकिनेछ।
यसैगरी निगम सञ्चालक समितिले खाना पकाउने एलपी ग्यासको मूल्यमा नाफा नराख्ने निर्णय पनि गरेको छ।
निगमको निर्णयअनुसार अब प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ४–४ रुपैयाँ घट्नेछ भने ग्यासको भाउ पनि १० रुपैयाँले सस्तिनेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19