काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दीगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
दुई दिने तालिममा नविकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागीता थियो ।तालिमको उद्घाटन गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरुको क्षमता वृद्धिका लागि आईसीएच र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा आयोजना गरिएको तालिमले नविकरणीय ऊर्जाको क्षेत्रको वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्याउने बताए ।
यसैगरी, आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नविकरणीय ऊर्जाको दीगो वित्त व्यवस्थापनका लागि तालिम आयोजना गरिएको बताइन् । यसैबीच, इप्पान र आईसीएचकै सहकार्यमा नविकरणीय ऊर्जा परियोजनामा सामाजिक(पर्यावरण द्वन्द व्यवस्थापन सम्बन्धी ५ दिने तालिम पनि हालै सम्पन्न भएको छ ।
गत असोज २२ देखि २६ गतेसम्म आयोजना भएको उक्त तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द व्यवस्थापनका बारेमा प्रशिक्षण दिइएको थियो ।उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरुको सहभागीता थियो ।
सहभागीहरुलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् ।
इप्पान र आईसीएचबीच बिगत डेढ दशकदेखि नविकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19