काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ। आर्थिक वर्ष २०७९–८० का लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभा भाग लिन पाउनेछन्।