काठमाण्डौ । ईङ्वा हाइड्रोपावरको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको छ।
साथै सोहि सभाले लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै यस आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा इन्द्र मणि त्रिताल र भेजप्रसाद तिमिल्सीना निर्वाचित भएका छन्।सभा कम्पनीकी अध्यक्ष सुमित्रा देबी न्यौपानेको अध्यक्षतामा भएको थियो ।
कम्पनीले प्रबर्द्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19