काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिनमा नै  १८.११ गुणा बढी आवेदन परेको छ ।

लगानीकर्ताले एफपीओ खरिदका लागि २ लाख ८३ हजार ३४४ जनाले आवेदन दिएका छन्। जसअनुसार एफपीओमा ३२ लाख ३३ हजार २८० कित्ता सेयरको लागि आवेदन परेको छ ।

कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ निष्कासन गरेको हो। लगानीकर्ताले आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।  एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्। कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।