काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा शुक्रबार अन्तिम दिनसम्ममा साढे ६९.७३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

सीडीएससीका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा यो कम्पनीको एफपीओमा ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६९.७३ गुणाले बढी हो। 

कम्पनीले गत मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गरेको थियो। 

मागभन्दा बढी आवेदन परकाले कम्पनीको एफपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।