काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ आगामी शुक्रबार बाँडफाँट हुने भएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त कम्पनीको एफपीहओ आगामी मंसिर ८ गते शुक्रबार बिहान बाँडफाँट गर्ने तयारी  छ।

कम्पनीले गत कात्तिक २१ देखि कात्तिक २४ गतेसम्म  एफपीओ निष्कासन गरेका थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ निष्कासन गरेको थियो । 

कम्पनीको एफपीओमा ६९.७३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। ठूलो परिमाणमा आवेदन परेकाले  कम्पनीको सेयर पाउन गोलाप्रथा गरिने छ । 

साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकार्य लघुवित्त बनेको हो ।

गाभ्ने/ गाभिने प्रर्कियापछि कम्पनीमा संंस्थापक र सर्वसाधारण सेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्कासन गरेको हो ।