काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को एक महिनामै १ करोड ७ लाख बढी बोनस सेयर धितोपत्र दोस्रो बजारमा थपिएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न १३ कम्पनीका कुल १ करोड ७ लाख १९ हजार ७५.९६ कित्ता बोनस सेयर दर्ता भएका हुन्। तीमध्ये कतिपय कम्पनीका बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेका छन् भने कतिपयको सूचीकृत हुन बाँकी छ।
सेबोनमा ८ वटा लघुवित्त, २ वटा निर्जीवन बीमा र एउटा/एउटा वित्त, जलविद्युत र अन्य समूहका बोनस सेयर दर्ता भएका हुन्। यी कम्पनीका कुल १ अर्ब ७ करोड १९ लाख ७ हजार ५९५.५० रुपैयाँबराबरको बोनस सेयर दर्ता भएका छन्।
हालसम्म यसरी बोनस सेयर दर्ता भएकामध्ये सबैभन्दा बढी राधी जलविद्युतको रहेको छ। यो कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ३६.५ प्रतिशत बोनस सेयर वितरण गरेको छ।
त्यसै फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयर रहेको छ।
दर्ता भएकोमध्ये सबैभन्दा कम बोनस सेयर लुम्बिनी जनरल इन्स्योरेन्सको रहेको छ। यो कम्पनी ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago