काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत एक वाणिज्य बैंकसहित ३ कम्पनीले आज पुस २२ गते आफ्नो वार्षिक साधारणसभा गर्दैछन्।
एनएमबि बैंक, नेपाल पुनर्बीमा कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले वार्षिक साधारणसभा आज गर्न लागेका हुन्। एनएमबी बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे ३० बजेबाट आयोजना गर्नेछ।
सभाले विशेष प्रस्तावका रुपमा पेस गरिने गत आर्थिक वर्षका लागि घोषित कुल १५.८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतशत नगद लाभांश (करसहित) रहेका छन्।
सोही सभामा प्रस्तुत गरिने बैंकको वर्तमान जारी पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२.६६ रुपैयाँलाई वृद्धि गरी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँ पुर्याउने मुख्य अजेन्डा पनि पारित हुनेछ।
बोनस सेयर जारीपश्चात बैंकको जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुरुप प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
एनएमबि बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि गत पुस ७ गते बुक क्लोज गरेको थियो। यसको अर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
यसैगरी नेपाल पुनर्बीमा कम्पनीले आफ्नो छैटौँ वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे डोकेको छ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १६.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले बोनस सेयर वितरण जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक, आर्थिकलगायतका प्रतिवेदनहरु पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत पुस १४ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।
यस्तै एचआईडीसीएलको १० औँ वार्षिक साधारणसभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल ८.४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश रहेका छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो गत पुस ५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको मतलब गत पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19