काठमाण्डौ । सरकारको समेत लगानी रहेको कृषि विकास बैंकले धितोपत्र सूचिकरण विनियमावलीमा भएको व्यवस्थाकै धज्जी उडाउने गरी वार्षिक साधारणसभाको सूचना प्रकाशन गरेको छ ।
बैंकले फागुन १ गते नेप्सेलाई पठाएको साधारणसभा सम्बन्धी सूचनामा गम्भीर लापरबाही देखिएको हो ।
यो बैंकले आगामी चैत १५ गते शुक्रबार कृषि विकास बैंक लिमीटेडको भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठानमा साधारणसभा आह्वान गरेको हो ।
कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायबाट प्रेषित सूचनामा साधारणसभा कहाँ हुने र कहिले हुने भन्ने जानकारी मात्र छ ।
बैंकको फागुन १ गते बसेको संचालक समितिको ७३६ औं बैठकले साधारणसभाको मिति र स्थान तय गरिएको पत्रमा उल्लेख छ ।
तर, साधारणसभाका लागि बुक क्लोज मिति कहिले हो, साधारणसभा पेश गर्ने लाभांश दर कति हो भन्नेजस्ता महत्वपूर्ण सूचना भने समावेश नगरेको पाइएको छ ।
पछिल्लो समय नेप्सेमा सूचिकृत कम्पनीहरु सूचनामा चलखेल गर्न अभ्यस्त बन्दै गएका छन् । लाभांश सम्बन्धी महत्वपूर्ण सूचना निर्णय भएको भन्दा निकै ढिलो मात्र पठाउने, गोलमटोल सूचना सम्प्रेषण गर्ने, आवश्यक भन्दा थोरै मात्र सूचना पठाई भ्रम सिर्जना गर्ने, धितोपत्र सूचिकरण विनियमावलीमा भएको व्यवस्थाको ख्यालै नगरी जथाभावी गर्ने परिपाटी बढ्दो छ ।
कम्पनीहरुले गर्ने यस्ता लापरबाही र हेलचेक्र्याईप्रति नेप्सेले कारोबार रोक्का गरी स्पष्टीकरण सोध्ने गरेको छ ।
सूचनाहरुमा खेल्ने र लापरबाही गर्नेहरुमाथि कारबाहीका लागि कडा व्यवस्था नहुँदा समेत यस्तो प्रवृति मौलाएको नेप्सेको सूचिकरण शाखाका एक अधिकारी बताउँछन् । उनका अनुसार कमजोर कानूनकै फाइदा उठाई कम्पनीहरुले मनपरी गर्ने गरे पनि उनीहरुको अपूरा सूचना पहिला वेबसाइटमा हाल्ने र पछि त्यसैको आधारमा स्पष्टीकरण सोधी कारोबार रोक्का गर्ने बाध्यता छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19