काठमाण्डौ । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत एनआइबिएल एस क्यापिटलले व्यवस्थापन गर्दै आएको 'एनआइबिएल समृद्धि फण्ड-१' ले इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । 

एनआइबिएल एस क्यापिटल लिमीटेडको भदौ ७ गते  बिहान ९.३० बजे बसेको संचालक समितिको बैठके आर्थिक वर्ष २०७४/७५ का लागि इकाईधनीलाई करसहित १२ करोड रुपैयाँ लाभांश वितरणको निर्णय गरेको हो । 

सो प्रतिफल वितरणपछि योजनाको समायोजित प्रति इकाई खूद सम्पत्ति मूल्य १०.०९ रुपैयाँ कायम हुने समेत बताइएको छ । 

यसैबीच, करसहित १२ प्रतिशत प्रतिफल वितरणका लागि भदौ २२ गते बुक क्लोज हुने बताइएको छ । घोषित लाभांश प्राप्त गर्न चाहनेले भदो २१ गतेभित्र इकाई खरीद गरिसक्नुपर्नेछ ।