nic asia bank
काठमाण्डौ । एनआइसी एशिया लगायतका बैंकहरुले धितोको रुपमा ऋणिले राखेका धितोपत्र(सेयर) बिना जानकारी बिक्री गरिरहेका गम्भीर आरोप लागेको छ ।
सेयर लगानीकर्ता संघ नेपालले एनआइसी एशिया लगायतका बैंकहरुले कानूनविपरीत सेयरधनीलाई जानकारी नै नदिई उनीहरुले धितोको रुपमा राखेको सेयर बिक्री गरिरहेका भन्दै यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी दिएको हो ।
संघका महासचिव नवराज सुवेदीले एक विज्ञप्ति प्रकाशित गर्दै सेयर कर्जा लिएका लगानीकर्ताहरुलाई एनआइसी एशिया बैंकले फोन सम्पर्क तथा एसएमएसबाट ब्याजदर वृद्धि गरेको जानकारी गराएको र बिना जानकारी बैंकको ऋणिहरुको सेयर बिक्री गरिरहेको जानकारी आएको दाबी गरेका छन् ।
‘ऋणिहरुलाई कुनै जानकारी र समय नै नदिई ऋण असूल उपर गर्दै आएका एनआइसी एशिया बैंक लगायत अन्य बैंक तथा बित्तीय संस्थाहरुलाई नियम कानून अनुसार ऋण असूल उपर गर्न आग्रह गरिन्छ ।’ विज्ञप्तिमा चेतावनी दिंदै भनिएको छ–‘नियम कानूनलाई छाडेर आफूखुशी बैंकहरुले अर्काको सेयर बिक्री गरेमा यस संघ पीडित ऋणिहरुको तर्फबाट कानूनी उपचारको बाटो अपनाउन बाध्य हुनेछ ।’
यसैगरी, विज्ञप्तिमा आफूहरुलाई बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह केही समयका लागि बन्द गर्ने निर्णय भए पनि सेयर कर्जा दिन भने बन्द गरिएको बताएका जिकिर गरिएको छ ।
संघले घट्दो बजारमा हतास नहुन र सम्हालिएर अगाडि बढ्न सेयर लगानीकर्ताहरुलाई आह्वान गरेको छ । महासचिव सुवेदी वर्तमानको राजनीतिक अन्यौल र तरलताको अवस्था क्षणीक भएको दाबी गर्दै यस्तो बेलामा संयम र धैर्यवान हुनुपर्नेमा जोड दिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago