काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल १५.७८९४७ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ५८ लाख ९५ हजार ५८४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ४६ लाख ८०५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.७८९४७ प्रतिशतले हुन आउने ९ करोड १२ लाख ९४ हजार ७७९ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव पनि बैंकले गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकले कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश रहेको थियो।