काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तिलगंगास्थित होटेल आनन्द प्रालि (आरोग्य हल)मा बिहान ९ बजेबाट सुरु हुनेछ।
बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छैन।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृति गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभा भाग लिन योग्य हुनेछन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago