काठमाण्डौ । एनआईसी एसिया बैंकको २६ औँ वार्षिक साधारणसभा आज असोज २८ गते बस्दैछ। 

सभा काठमाण्डौको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ।

प्रस्तावित लाभांशमा २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश बैंकको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले गत असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत असोज १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

सोही सभाले बैंकको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।