काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पाउन आज बिहीबारसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।
गत आर्थिक वर्षको मुनाफाबाट एनआईसी एसियाले २१.०५ र कुमारी बैंकले १०.५२ प्रतिशत लाभांश वितरणको घोषणा गरेका छन् । लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि दुवै बैंकले भदौ २९ गते आइतबारदेखि सेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) गर्दैछन् ।
एनआईसी एसिया बैंकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको छ । कुमारी बैंकले १० प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश दुवै बैंकले राष्ट्रबैंकको स्वीकृतिसँगै आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने जनाएको छन् ।
प्रस्तावित लाभांश वितरणका लागि एनआईसी एसिया बैंकले आउँदो असोज १० गते २२ औँ वार्षिक साधारणसभा डोकेको छ । कुमारी बैंकले भने असोज ११ गते १९ औँ वार्षिक साधारणसभा गर्ने भएको छ।
हाल एनआईसी एसियाको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।
यसैगरी लक्ष्मी बैंकको बोनस सेयर वितरणपछि चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago