काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्राहकहरू समक्ष ल्याएको अतुलनीय तथा असीमित सुविधा भएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । 

बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि उनकी श्रीमती सुनिता देवी शर्मालाई उक्त रकम भुक्तानी गरिएको छ । निजलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो । 

हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ । अतुलनीय फाइदाले भरिपूर्ण यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहक महानुभावहरूले पाउन सक्नेछन् र सो सुविधाबाट ग्राहकहरूलाई फाइदा पुग्ने गरेको बैंकको भनाइ छ । यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहक महानुभावहरू समक्ष निकै नै लोकप्रिय बनेको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बचत खातामा नै बीमा सुविधा ग्राहक महानुभावहरूमाझ ल्याउँदै आएको छ । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका २४६ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू.१ करोड ९४ लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ र यस्ता योजनाहरूबाट बैंक खातामार्फत बचत गर्ने आमसर्वसाधारणलाई थप प्रोत्साहन र प्रेरणा मिलेको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६९ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।