काठमाण्डौ । नेपाल बैंक संघ (एनबीए)को अध्यक्ष एनएमबि बैंकका सीईओ सुनील केसी निर्विरोध चयन हुने भएका छन्। 

एनएबीको विशेष साधारणसभा काठमाण्डौको ठमेलस्थित अलफ्ट होटेलमा साँझ ५ बजे हुँदैछ। सोही सभाले एनबीएको नयाँ अध्यक्षमा केसीलाई निर्विरोध चयन गर्नेछ। 

एनबीएको अध्यक्ष पदमा केसीको मात्रै मनोनयन परेको छ। 

हाल केसी एनबीएमा उपाध्यक्ष छन्।