काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयनजिक रहेको होटेल हार्दिकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सभाले अधिकृतपुँजी ११ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि गरी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने निर्णय पनि गर्नेछ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजना गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्ताव पनि छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago