काठमाण्डौ । स्मार्टफोन बजारमा एप्पल र सामसुुङ एक–अर्काका प्रतिस्पर्धी मानिन्छन्। तपाइँहरुलाई सायदै थाहा होला कि एप्पलले आफ्नो आइफोन स्मार्टफोनका लागि सामसुुङबाट डिस्प्ले खरिद गर्ने गर्दछ। यतिबेला कम डिस्प्ले खरिद गरेकै आरोपमा एप्पलले सामसुुङलाई जरिवाना तिर्नुुपरेको छ। 

नाइन टुु फाइभ म्याकका अनुुसार डिस्प्ले चेन कन्सल्टेन्टको रिपोर्टमा यस्तो कुुरा बाहिरिएको हो। रिपोर्टका अनुुसार एप्पलले सामसुुङलाई करिब ९५० मिलियन डलर जरिवानास्परुप तिरेको छ। सामसुुङले एप्पललाई ओएलईडी डिस्प्ले आपूर्ति गर्ने गर्दछ। जरिवाना प्राप्त भएपछि सामसुुङको डिस्प्ले व्यापारको दोस्रो त्रैमासको आम्दानीमा धेरै नै वृद्धि देखिएको छ। 

यतिमात्रै नभई पहिले घाटामा चलिरहेको कम्पनी अहिले नाफामा पुुगेको छ। सामसुुङ र एप्पलको यो विवादका कारण अब आइफोनको डिस्प्लेका लागि एप्पलले नयाँ आपूर्तिकर्ता खोजिरहेको बताइएको छ। तर यसको पुुष्टि भने भइसकेको छैन।

केही रिपोर्टका अनुुसार एप्पलले चीनको बिओई टेक्नोलोजीसँग डिस्प्ले आपूर्तका लागि छलफल गरिरहेको छ। यदि यो प्रक्रिया अगाडि बढ्यो भने सन् २०२१ मा आउने आइफोनहरुमा नयाँ कम्पनीको डिस्प्ले प्यानल देखिन सक्ने सम्भावना रहेको छ। – एजेन्सी