काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले एफपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

बैंकले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ५१ः४९ प्रतिशत कायम गर्न ४ लाख ६३ हजार ८ सय २६ कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ)का लागि बोर्डमा आवेदन दिएको हो । 

हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत र साधारण सेयरको ४८.७१ प्रतिशत स्वामित्व रहेको छ । 

बैंकको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ भने एफपीओ अण्डरराइट(प्रत्याभूति) सिभिल क्यापिटलले गर्नेछ । 
प्रिमियम मूल्यमा एफपीओ निश्कासन हुने भएकोले १०० रुपैयाँ अंकित दर बाहेक प्रिमियमबाट संकलित रकम रिजर्ब कोषमा जम्मा हुनेछ भने १०० रुपैयाँ प्रतिकित्ता दरले ४ करोड ६३ लाख रुपैयाँ बैंकको चुक्तापूँजीमा थप हुनेछ । 

धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको सार्वजनिक निश्कासनको निर्दे्शिकाले तोकेको मापदण्ड र शर्तहरुको अधीनमा रही सिटिजन्स बैंकले निश्कासन गर्ने एफपीओको मूल्य तोक्नुुपर्नेछ ।