काठमाण्डौ । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त भएका छन् ।

कम्पनीको ३६० औं सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । साथै उनले कात्तिक २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

विगत २० वर्षदेखि कम्पनीको सञ्चालक समिति सदस्य रहिरहेका वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका उनले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । 

कम्पनीका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको केहि समयपछि रिक्त रहेको पदमा उनको नियुक्ती भएको हो ।