काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा जुममार्फत हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतको प्रतिवेदनहरु पनि पारित गर्नेछ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19