काठमाण्डौ । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १०० ग्राहकको खातामा उपलब्ध गराउने सहमति भएको छ ।

बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आइपीएसमा आफ्ना खातालाई पहिलो पटक लिङक गरी बैंकबाट भेरिफाइपश्चात् ग्राहकहरुको आफ्नै खातामा रु १०० जम्मा हुनेछ । ग्राहकले कनेक्ट आइपीएसमा रजिस्ट्रेशनपश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्नुहुने जानकारी बैंकले गराएको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।