काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कायममूकायम(कामू) गभर्नर बमबहादूर मिश्रले कर्जाको ब्याजदर १०- ११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको खुलासा गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

उनले अहिलेको अवस्थामा मुद्रास्फिती नियन्त्रण गर्न हामीलाई हम्मेहम्मे परिरहेको छ,तर पनि हामी ब्याजदर घटोस भन्ने चाहन्छौं । उनले भने, ‘हाम्रो अर्थतन्त्रमा १० - ११ प्रतिशतमा कर्जा पाउन सक्ने अवस्था बन्यो भने निजी क्षेत्रले सन्तोष मान्नु पर्छ ।’

उनले त्यहि बाटोमा नेपाल राष्ट्र बैंक अग्रसर रहको संकेत पनि गरे । डेपुटी गभर्नरसमेत रहेका मिश्रले वित्तीय स्थिरता, मुद्रा स्फिती नियन्त्रण र बाह्यि क्षेत्रको सन्तुलनका लागि राष्ट्र बैंकले काम गरिरहेको उल्लेख गरे ।

उनले आफूहरु निजीक्षेत्रसँग जस्तोसुकै सहकार्य गर्न पनि तयार रहेको बताए । मिश्रले अर्थतन्त्रमा केहि समस्याहरु देखिएको उल्लेख गर्दै सवैजना मिलेर अगाडि बढेमा मात्र समाधान निस्कने पनि बताए ।