काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले समीक्षा अवधिमा १ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ करोड ७९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा घटेर २ करोड ४२ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ करोड ६८ लाख रुपैयाँ थियो।
यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ करोड ७९ लाख सञ्चालन घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा बैंकले ५ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ करोड ३ लाख रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी ४४.२६ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासमा बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६४.९२ प्रतिशतले घटेर ६ करोड ५४ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष रिजर्भमा १८ करोड ६५ लाख रुपैयाँ थियो।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) थोरै घटेर ३.१२ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ३.४० प्रतिशत थियो। सीडी रेसियो ७५.०२ प्रतिशत रहेको बैंकको आधारदर १३.५० प्रतिशत छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.२७ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस ७.५४ रुपैयाँले ऋणात्मक थियो।
पीई रेसयो ९४.४१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११८.०२ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19