काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले निष्कासन गर्न अनुमति पाएको १ः१.२५ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ।
निजी क्षेत्रकै पहिलो यो फाइनान्स कम्पनीले बुधबार सूचना प्रकाशित गर्दै हकप्रद सेयर जारी प्रयोजनार्थ आउँदो कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको जानकारी गराएको हो । यसको अर्थ नेप्सेमा कात्तिक ५ गतेसम्म कारोबार भई कात्तिक १४ गते ३ कार्य दिनभित्र यो कम्पनीको सेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेडमा प्राप्त सेयर नामसारीको लिखतका आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले मात्र हकप्रद सेयर खरिदका लागि दरखास्त दिन योग्य हुने सूचनामा उल्लेख छ।
कम्पनीले गत असोज १८ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको थियो।
अब कम्पनीले रु. १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु. १०० अंकित दरका १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद निष्कासन गर्नेछ।
कम्पनीले २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारणसभाको निर्णयबमाजिम हाल कायम चुक्तापुँजीको १ः१.२५ अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डमा अनुमति माग्ने निर्णय गरेको छ। त्यसपछि गत शनिबार सम्पन्न कम्पनीको २० देखि २७ औँ वार्षिक साधारणसभाले पुनः यो हकप्रद जारी गर्ने निर्णय गरेको हो। यो हकप्रद जारी गरी कम्पनीले आफ्नो चुक्तापुँजी ८४ करोड २ लाख ६५ हजार ५९४ रुपैयाँ पुर्याउने नीति लिएको छ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19