काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ का लागि नगद लाभांश घोषणा गरेको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले बुक क्लोजको मिति तय गरेको छ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले यो नगद लाभांशका लागि यही साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ यो योजनामा साउन १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र नगद लाभांश पाउन योग्य हुनेछन्।
लक्ष्मी बैंक कोष प्रवर्द्धक रहेको यस योजनाले गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19