काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको नाफामा १८७.५८ प्रतिशतको उछाल आएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ११ करोड ९५ लाख रुपैयाँ पुगेको छ। 

यो अवधिमा बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा २०३.३३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५ करोड ९३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १८ करोड रुपैयाँको उचाइमा पुगेको छ। 

समीक्षा अवधिमा बैंकले ४९ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५२ करोड २२ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी भने ६.०१ प्रतिशतले घटेको छ। 

पहिलो त्रैमासमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ३.४८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.४० प्रतिशत थियो। बैंकले खराब कर्जा मेन्टेन गर्न प्रोभिजनका रुपमा ९ करोड ५२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। 

समीक्षा अवधिमा बैंकले ५४ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४७ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँको बैंकको रिजर्भको आकार ८.५९ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४० करोड रुपैयाँ थियो। 

बैंकको वार्षिककृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १४.५७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ५.२९ रुपैयाँ थियो। पीई रेसियो २०.५१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७.१८ रुपैयाँ रहेको छ। 

बैंकको वितरणयोग्य मुनाफा २ करोड ५६ लाख रुपैयाँ रहेको छ।