काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ स्थित भङ्गालमा आफ्नो १०७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरे । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे । यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा १०७ वटा शाखा तथा ५६ वटा एटीएममार्फत् ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago