काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने सूचीकृत कम्पनीहरुमध्ये कामना सेवा पहिलो कम्पनी बनेको छ।
दोस्रो त्रैमासम्म बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ११.८९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा ६४.४१ प्रतिशतले घटेर ९ करोड ६७ लाख रुपैयाँमा समीति बनेको छ। गत वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २७ करोड १९ लाख रुपैयाँ रहेको थियो।
यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा भने गत वर्षको यही अवधिको तुलनामा ४१.५१ प्रतिशत बढेको छ। गत वर्ष यही अवधिसम्म ३४ करोड ६९ लाख रुपैयाँ सञ्चालनमा मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर ४९ करोड ९ लाख रुपैयाँ भएको छ।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६८ करोड ८० लाख रुपैयाँ खुद ब्याज गरेको थियो।
बैंकले दोस्रो त्रैमाससम्म ४७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब १ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ३ अर्ब १४ करोड रुपैयाँ पुर्याएको बैंकको रिजर्भको आकार ८९.९९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिसम्म ४९ करोड ५३ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ९४ करोड १० लाख रुपैयाँको भएको छ।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा दर (एनपीएल) १.७७ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल १.५९ प्रतिशत रहेको थियो।
आधार दर ९.२७ प्रतिशत रहेको बैंकको सीडी रेसियो ८८.२६ प्रतिशत रहेको छ।
समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत ईपीएस २१.८७ रुपैयाँ रहेको छ। पीई रेसियो २५.७४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३३.०२ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago