काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखडर कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा आज सोमबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ ।
यो सँगै अब बैंकको शाखा संख्या १२०पुगेका छन् । सुखड शाखाको समुद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रmपमा गरेका थिए ।
यसैगरी लम्की शाखाको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रmपमा गरे ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago