काठमाण्डौ । आज बजार झिनो अंकले घटेर बन्द भएको छ । कारोबार भने एकअर्बभन्दा कममा खुम्चिएको छ । 

२१ अगस्टपछिका ७ वटै कारोबारमा बजार १९९० भन्दा तल जान पनि सकेन र २०५० भन्दा माथि पनि बढ्न पनि नसकेको अबस्था छ । यो साताको अब एक दिन मात्रै(बुधबार) कारोबार बाँकी रहेको छ ।  तीन दिनको कारोबारमा बजारमा खासै सुधार देखिन सकेको छैन । 

बजारलाई पछिल्लोपटकको उच्च विन्दु २२४० देख १९८८ सम्मको विन्दुलाई ट्रेण्डलाइनमार्फत हेर्दा एकप्रकारको फलिङ्ग वेज प्याट्रन बनेको छ । खासगरी फलिङ वेज प्याट्रनमा माथिल्लो विन्दुमा प्रतिरोध र तल्लो  विन्दुमा सपोर्ट लिएर बनेको हुन्छ । यसमार्फत ट्रेडरहरुले कारोबार गर्दा यदि बजारले माथिल्लो प्रतिरोध ब्रेक गर्छ भने बजारमा इन्ट्री लिन सक्छन । त्यो भनेको नेप्सेमा हालको पछिल्लो उच्च विन्दु २०५० हुन आउँछ । 

यदि आगामी दिनमा बजार बढ्छ र २०५० भन्दा माथि बजार भोल्युमसहित टिक्छ भने बजारमा इन्ट्रीको रणनीति राख्न सकिन्छ । तर बजार खस्छ तल्लो सपोर्ट अर्थात भने १९८८ भन्दा तल जान्छ भने बजारमा स्टप लसको रणनीति पनि हुनसक्छ । 

यदि बजार आगामि दिनम बढ्छ भने काराबारीले पुनः २२४० सम्मको टार्गेट राख्न सक्नेछन् । यो रणनीति अल्पकालिन कारोबारीका लागि भएता पनि लगानीकर्ताले भने घटेको बजारमा राम्रा कम्पनीहरुमा दीर्घकालिन लगानी बढाउन सक्ने छन् । 

सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ यो कुनै कारोबारको सिफारिस भने होइन ।