काठमाण्डौ । कारोबार सुरु भएको २ घन्टा नहुँदै बुधबार समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ ।

कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको हो । कम्पनीको सेयर प्रतिकित्ता ४९ रुपैयाँले बढेर ५४० रुपैयाँ पुगेको छ ।

संस्थाको बुधबारै नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको थियो। लघुवित्तले २०० प्रतिशत हकप्रदका लागि बुकक्लोज गरेसँगै नेप्सेले बुधबार संस्थाको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४९१ रुपैयाँ कायम गरेको थियो। समायोजित मूल्यलाई आधार मानेर बुधबार लघुवित्तको शेयर कारोबार खुलेको थियो।

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको सेयर खरिद गर्ने चाप उच्च देखिएको छ। कम्पनीको ३ हजार ८५७ कित्ता सेयर खरिद पोस्ट भएको छ ।

कम्पनीको सेयर बिक्रीतर्फ भने एउटा पनि पोस्ट भएको छैन । यसले कम्पनी सेयर बेच्नेभन्दा किन्ने चाप बढी देखाउँ छ ।