काठमाण्डौ । कारोबार सुरु भएको एक घन्टामै बिहीबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ ।

लक्ष्मी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएपछि पोजेटिभ सर्किट लागेको हो । कारोबारको एक घन्टामै लक्ष्मी लघुवित्तको सेयरमूल्यमा प्रतिकित्ता ६५ रुपैयाँले बढेर ७१५ रुपैयाँ पुगेको छ ।

लक्ष्मी लघुवित्तको बुधबार अन्तिम सेयरमूल्य ६५० रुपैयाँ रहेको थियो।

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा सेयर खरिदका लागि २० कित्ता पोस्ट भएको छ भने सेयर बिक्रीतर्फ ५२३ कित्ता पोस्ट भएको छ । यसले यो कम्पनीको सेयर किन्नेभन्दा बेच्नेको संख्या अधिक रहेको देखाउँछ ।