काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा फ्लोरसिट हटाउन दिएको निर्देशन कार्यान्वयन भएको छैन।
सेबोनले गत बुधबार नेप्सेलाई पत्राचार गर्दै कारोबार सययावधिमा फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको थियो। धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम ४ को प्रतिकुल नहुने गरी उक्त विवरण कारोबार समयपश्चात प्रवाह गर्ने व्यवस्था गर्न सेबोनले नेप्सेलाई निर्देशन दिएको हो। तर, हालसम्म पनि सेबोन उक्त निर्देशन कार्यान्वयन हुन सकेको छैन।
यो व्यवस्था लागू भएमा कारोबार अवधिभर कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्याको विवरण रियल टाइममा फ्लोरसिटमा हेर्न पाइने छैन।
सेबोनले कारोबार अवधिमा फ्लोरसिट नदेखाउने निर्देशन दिए पनि फ्लोरसिट भने हटेको छैन। आज कारोबार अवधिमा पनि फ्लोरसिटमा कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्याको विवरण उपलब्ध रहेको छ।
नेप्सेका कायममुकाम प्रबन्धक निरञ्जन फुयाँलले कारोबार अवधिमा फ्लोरसिट हटाउन सिस्टम अपडेटको प्रक्रिया अघि बढिसकेको बताए। ‘सेबोनले कारोबार अवधिभर फ्लोरसिट हेर्न नपाउने निर्देशन जारी गरेसँगै नेप्सेमा सिस्टम अपडेटको प्रक्रिया अघि बढिसकेको छ’, उनले भने, ‘त्यसैले सिस्टम अपडेट प्रक्रिया अघि बढेकाले कारोबार अवधिमा फ्लोरसिट हटाउन १–२ दिन लाग्ने देखिन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago