काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई सोमबार नै कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रयास विफल भएको छ। 

उर्जामन्त्री पम्फा भूसालले सोमबारको मन्त्रीपरिषद बैठकमा प्राधिकरणको हालका कार्यकारी निर्देशक हितमान शाक्यलाई निश्कासन गरी कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव गरेकी थिइन् । तर, उनको प्रस्तावअनुसारको निर्णय भने भएन । 

मन्त्रीपरिषद बैठकमा सहभागी एक मन्त्रीकाअनुसार कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुपर्नेमा सबैको सहमति भए पनि प्रक्रियागत हिसाबले अगाडि बढ्नुपर्ने विषयका कारण सोमबार नियुक्तको निर्णय हुन नसकेको हो । 

‘हितमान शाक्यलाई निकाल्दा पनि प्रक्रिया पूरा गर्नुपर्यो र कुलमानलाई ल्याउँदा पनि ।’ ती मन्त्रीले भने–‘संभवत बाँकी प्रक्रिया पूरा गरेर आउने क्याबिनेटले कुलमानलाई नियुक्त गर्नसक्छ ।’