काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सवा १६ करोड रुपैयाँको हाराहारीमा एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
किसान लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै एफएपीओ निष्कासनको अनुमति मागेको हो। किसान लघुवित्तले गत असार २९ गते धितोपत्र बोर्डमा आवेदन पेस गरिसकेको छ।
यो लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्ने अनुमति मागेको छ। एफपीओ प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ।
धितोपत्र बोर्डबाट अनुमति पाएमा किसान लघुवित्तले कुल १६ करोड २२ लाख ८२ हजार ४३६.२५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ।
धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago