काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोको १२ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा सन्तोष प्रसाद मैनाली चयन भएका छन् ।

सभापछि बसेको सञ्चालक समितिको बैठकले संस्थापकतर्फ रत्नबहादुर नेवार, सरोजकाजी श्रेष्ठ,नविन मकाजु, सुमित्रा खरेल, लोकेश पुन  र सर्वसाधारणतर्फ लक्ष्मण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।

स्तन्त्र सञ्चालकमा निर्विरोध निर्वाचत श्रेष्ठ कुनै पनि कम्पनीको आईपीओ बाँडफाँट हुँदा बल तान्न पुग्ने सक्रिय लगानीकर्ता पनि हुन् ।

कम्पनीले २०७८ साल गत जेठ महिनामा मात्रै सर्वसाधारणलाई सेयर निस्कासन गरेको थियो ।

उक्त कम्पनीले दोलखा जिल्लाबाट विद्युत् उत्पादन गरिरहेको छ।