काठमाण्डौ । कुमारी बैंक लिमिटेडको १ करोड ५२ लाख २१ हजार ७८१.३९ कित्ता बोनस सेयर धितोपत्र बजारमा सूचीकृत भएको छ । 

बैंकले दुई आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको २१.२५ प्रतिशतले हुन आउने बोनस सेयर नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजारमा कारोबारका लागि सूचीकृत गरेको हो । 

बैंकले गत वैशाख २६ गते एकैपटक आर्थिक वर्ष २०७३/७४  र २०७४/७५ को साधारणसभा गरेको थियो । सोही साधारणसभामा आ.ब. २०७३/७४ का लागि १२.७५ प्रतिशत बोनस सेयर र २०७४/७५ का लागि ८.५ प्रतिशत  बोनस सेयर वितरणको प्रस्ताव पारित भएको थियो। 

बोनश शेयरपछि चुक्ता पुँजी ८ अर्ब ६८ करोड रूपैयाँ पुगेको छ ।