काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १० प्रतिशत बढीले बढाउन सफल भएको छ।

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। यो आधारमा बैंकले १० प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ। 

बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत बढेर ५ अर्ब २२ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।

बैंकले ६ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ६ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ५८.६४ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ११ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

बैंकले निष्क्रिय कर्जा ३५.२१ प्रतिशत घटाउन सफल भएको छ। अघिल्लो वर्ष २.८४ प्रतिशत रहेको निष्क्रिय कर्जा दर समीक्षा वर्ष घटेर १.८४ प्रतिशतमा झरेको छ। आधार दर ७.१३ प्रतिशतमा झरेको बैंकको सीसीडी दर ७३.५३ प्रतिशत रहेको छ।

चुक्तापुँजी १६ अर्ब ४२ करोड रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३०.६५ रुपैयाँ रहेको छ। पीई रेसियो १५.६३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ।