काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन्।
सञ्चालक समितिको बैठकले अध्यक्षमा दुवाडीलाई नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष दुवाडीलाई विभिन्न संघ–संस्थाको सञ्चालक समितिमा सदस्य रही कार्य गरेको अनुभवसमेत रहेको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनरसमक्ष सपथ ग्रहण गराउनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार अध्यक्ष दुवाडीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन्।
सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डिपुटी गर्भनर बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक श्री गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, राष्ट्र बैंकका बोर्ड सचिव मुक्तिप्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्य डा. इन्दिरा मास्के श्रेष्ठ, विनोदकुमार गुरांगाईं, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19