काठमाण्डौ । कृषि विकास बैंकको अध्यक्ष पूर्वराजश्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको बैठकबाट पूर्वसचिव पुडासैनीलाई बैंकको अध्यक्षमा नियुक्त गरेको हो। राजश्व सचिवबाट अनिवार्य अवकाश प्राप्त पुडासैनीसँग आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा कार्य गरेको अनुभवसमेत रहेको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्ष पुडासैनीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा गर्भनर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका छन्।
उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गर्भनरहरु निलम ढुंगांना तिम्सिना र बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, राष्ट्र बैंकका बोर्ड सचिव मुक्तिप्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्य सुमन दाहाल, विनोदकुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19