काठमाण्डौ । अतिसंक्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण बेलायतले ६ देशसँगको हवाई उडान निलम्बन गरेको छ।
बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रबार मध्याह्न १२ बजेदेखि ती देशहरुलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन्। बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटिटीसँगका सबै उडान स्थगित गरेको हो।
उक्त भेरिअन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा मात्रै पुष्टि भएको छ। एक विज्ञले बी.१.१.५२९ भनिएको उक्त भेरिअन्टलाई ‘हामीले अहिलेसम्म देखेको सबैभन्दा खराब’ भनेका छन्। ती विज्ञले यो भेरिअन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई तोड्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
स्वास्थ्यमन्त्री जावेदले वैज्ञानिकहरु नयाँ भेरियन्टका कारण चिन्तित भएको भन्दैै यसबारे थप अध्ययन आवश्यक रहेको बताए। उनले नयाँ भेरियन्टमा धेरै उत्परिवर्तन भएको र त्यो संख्या डेल्टा भेरिअन्टमा भन्दा दोबर हुनसक्ने बताए।
‘यसले के संकेत गर्छ भने यो भेरियन्ट बढी संक्रामक छ र अहिलेका खोपहरुको यसमाथि कमै असर हुनसक्छ’, उनले भने।
यसैबीच बेलायतमा नयाँ प्रतिबन्धात्मक नियम लागू गरिएको छ। शुक्रबार मध्याह्नदेखि विगत १० दिनभित्र ती देश भ्रमण गरेका विदेशी र आयरल्यान्डका नागरिकहरुलाई इंग्ल्यान्ड प्रवेश निषेध गरिएको छ। ती देशबाट आउने बेलायती नागरिकहरु आइतवारदेखि होटेलमा क्वारेन्टिनमा बस्नुपर्ने र त्यसअघि घरमै एकान्तवासमा बस्नुपर्ने बताइएको छ।
दक्षिण अफ्रिकामा कोरोनाको यो नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेको छ। पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।
नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामी दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको संक्रमण थप क्षेत्रमा फैलिएका संकेतहरु पनि छन्। – बीबीसीबाट
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19